Posts

Showing posts from April, 2026

नारी शक्ति वन्दन अधिनियम.....

Image
नारी शक्ति वन्दन अधिनियमः अधिकारहरूको अधिकार कुनै पनि राष्ट्रको जीवनमा यस्ता दिनहरू आउँछन्, जसले केवल क्यालेन्डरको  पाना मात्र पल्टाउँछन् तर केही दिन यस्ता पनि हुन्छन् जसले इतिहासकै दिशा बदलिदिन्छन्। आजदेखि "नारी शक्ति वन्दन अधिनियम" औपचारिक रूपमा लागू भएको छ। यसलाई म एउटा कानुनी उपलब्धि मात्र होइन हाम्रो सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ आयाम मान्दछु। यो क्षणको महत्त्वलाई अझ गहिराइमा बुझ्न, हामीले आधुनिक लोकतन्त्रको सुरुवाती समयलाई फर्केर हेर्नुपर्छ।  विश्वका कतिपय अति विकसित देशहरूमा समेत महिलाहरूले मतदानको अधिकार पाउन मात्रै दशकौँसम्म कठोर सङ्घर्ष गर्नु परेको थियो। तर हाम्रो देशको कथा भने आधारभूत रूपमा फरक छ। नारीलाई देवीको रूपमा पुज्ने हाम्रो अटुट संस्कार छ। यही  संस्कारका कारण हाम्रो गणतन्त्रले सुरुदेखि नै महिलामाथि पूर्ण विश्वास गर्दै पहिलो निर्वाचनदेखि नै समान मताधिकार सुनिश्चित गर्‍यो। यद्यपि, हाम्रो देशमा एउटा विडम्बना भने कायम नै रह्यो। भारतीय महिलाहरूसँग मतदानको अधिकार त थियो तर निर्णय लिने स्थानहरूमा भने उनीहरूको उपस्थिति अत्यन्त न्यून थियो। महिला आरक्षण...

नारी शक्ति वन्दन अधिनियम.....

Image
नारी शक्ति वन्दन अधिनियमः अधिकारहरूको अधिकार कुनै पनि राष्ट्रको जीवनमा यस्ता दिनहरू आउँछन्, जसले केवल क्यालेन्डरको  पाना मात्र पल्टाउँछन् तर केही दिन यस्ता पनि हुन्छन् जसले इतिहासकै दिशा बदलिदिन्छन्। आजदेखि "नारी शक्ति वन्दन अधिनियम" औपचारिक रूपमा लागू भएको छ। यसलाई म एउटा कानुनी उपलब्धि मात्र होइन हाम्रो सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ आयाम मान्दछु। यो क्षणको महत्त्वलाई अझ गहिराइमा बुझ्न, हामीले आधुनिक लोकतन्त्रको सुरुवाती समयलाई फर्केर हेर्नुपर्छ।  विश्वका कतिपय अति विकसित देशहरूमा समेत महिलाहरूले मतदानको अधिकार पाउन मात्रै दशकौँसम्म कठोर सङ्घर्ष गर्नु परेको थियो। तर हाम्रो देशको कथा भने आधारभूत रूपमा फरक छ। नारीलाई देवीको रूपमा पुज्ने हाम्रो अटुट संस्कार छ। यही  संस्कारका कारण हाम्रो गणतन्त्रले सुरुदेखि नै महिलामाथि पूर्ण विश्वास गर्दै पहिलो निर्वाचनदेखि नै समान मताधिकार सुनिश्चित गर्‍यो। यद्यपि, हाम्रो देशमा एउटा विडम्बना भने कायम नै रह्यो। भारतीय महिलाहरूसँग मतदानको अधिकार त थियो तर निर्णय लिने स्थानहरूमा भने उनीहरूको उपस्थिति अत्यन्त न्यून थियो। महिला आरक्षण...

काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न...

Image
काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न आपराधिक पृष्ठभूमिमा संलग्न १ हजार ९७ जनाको विस्तृत प्रोफाइल तयार पारेको छ। प्रहरीका अनुसार यस अभियानमार्फत शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूको पहिचान, निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको हो। तयार गरिएको प्रोफाइलमा सम्बन्धित व्यक्तिहरूको फोटो, नाम, ठेगाना, पेसा, क्रिमिनल रेकर्ड सिस्टम, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री तथा आपराधिक सम्बन्ध र नेटवर्कसम्बन्धी विवरण समावेश गरिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत समूह विस्तार र आपराधिक गतिविधि सञ्चालन गर्नेहरूसमेत निगरानीमा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सेफ्टी काठमाडौं अभियानअन्तर्गत हालसम्म १९५ जनालाई पक्राउ गरिएको छ, जसमा २४ जना गुण्डागर्दी पृष्ठभूमिका रहेका छन्। उनीहरूमाथि गुण्डागर्दीसम्बन्धी मुद्दा दायर गरिएको छ भने केही धरौटीमा रिहा भएका छन् र केही हिरासतमा रहेका छन्। प्रहरीले गुण्डागर्दी मात्र नभई लागूऔषध, चोरी तथा अन्य आपराधिक घटनामा संलग्न व्यक्तिहरूको समेत प्रोफाइल तयार पारिरहेको जनाएको छ। यसले भविष्यमा हुने आपराधिक घटनाको रोकथाम तथा तत्क...

पूर्व-पश्चिम राजमार्ग बनाउने राजा महेन्द्रको महत्त्वाकांक्षी योजना..

Image
  पूर्व-पश्चिम राजमार्ग बनाउने राजा महेन्द्रको महत्त्वाकांक्षी योजना: कान्छी रानीद्वारा आफ्ना हातका चुरा तथा व्यक्तिगत गरगहना फुकालेर चन्दा दान वि.सं. २०१८ साल मंसिर ३ गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने ऐतिहासिक घोषणा गर्नुभएको थियो । तर त्यस्तो विशाल योजनालाई सम्पन्न गर्न पर्याप्त आन्तरिक स्रोत थिएन । त्यतिबेला नेपालको कूल वार्षिक बजेट करिब २५ करोड रुपैयाँ मात्र थियो, जबकि पूर्व–पश्चिम राजमार्ग निर्माणका लागि झण्डै एक अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो। आश्चर्यको कुरा के थियो भने देशको कूल बजेटभन्दा करिब चार गुणा ठूलो परियोजना आँटनु आफैँमा असाधारण साहस र दूरदृष्टिको उदाहरण थियो। आजको सन्दर्भमा सोच्दा त्यसबेला २५ करोडको बजेटको अनुपातमा गरिएको त्यो प्रयास अहिले करिब १९ खर्बको बजेट भएको अवस्थामा झण्डै ७६ खर्ब रुपैयाँ बराबरको परियोजना आँट्नु जस्तै हुन्छ । राजा महेन्द्रको यो महत्त्वाकांक्षी योजना केवल विकास निर्माणको विषय मात्र नभई राष्ट्रको प्रतिष्ठा र आत्मगौरवसँग जोडिएको थियो । आवश्यक स्रोत जुटाउन वैदेशिक सहयो...

सम्माननीय प्रधानमन्त्रीज्यूसँगको...

Image
स सम्माननीय प्रधानमन्त्रीज्यूसँगको छलफलमा मैले सगरमाथा क्षेत्रमा भइरहेको  ‘फेक उद्धार’ सम्बन्धी विषयमा जानकारी गराउँदै आगामी दिनहरूमा उद्धार  व्यवस्थापनलाई व्यवस्थित र नियमन गर्नुपर्ने आवश्यकता औंल्याएको छु। त्यसैगरी, खुम्बु क्षेत्रको गोरक्षेपमा नेपाल टेलिकम (NTC) र NCELL टावरहरू  भए तापनि विगत केही वर्षदेखि 4G सेवा सञ्चालनमा आउन नसकेको विषय उठाउँदै उक्त सेवा यथाशीघ्र सुचारु गर्न अनुरोध गरेको छु। साथै, ताप्लेजुङदेखि हुम्लासम्म फैलिएको ग्रेट हिमालयन ट्रेल (GHT) मा लगानी प्रवर्द्धनका लागि आवश्यक रहेको जानकारी गराएको छु।

सांसदहरूको गुनासो सुने प्रधानमन्त्री

Image
सिं हदरबारमा सांसदहरूको गुनासो सुने प्रधानमन्त्री, तर जवाफमा २ मिनेट मात्रै, सांसदहरू भन्छन्– “सुने जस्तो मात्र भयो” new. प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रत्यक्ष सांसदहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या र विकासका प्राथमिकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलका क्रममा सांसदहरूले पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनसँग सम्बन्धित विषयलाई प्राथमिकताका रूपमा उठाएका थिए। कतिपयले स्थानीय स्रोतको उपयोग र विकास योजनालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका थिए। सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले मेलम्ची क्षेत्रको पुनर्निर्माण, बाढी प्रभावितको व्यवस्थापन, सडक निर्माण र भुक्तानी सम्बन्धी समस्या जस्ता विषय राखेका थिए। तर छलफलपछि प्रधानमन्त्री शाहले छोटो प्रतिक्रिया दिँदै उठाइएका विषयलाई सचिवालयमार्फत पठाउन आग्रह गरेको सांसदहरूले बताएका छन्। उनले हुने काम अघि बढ्ने र नहुने काम अघि नबढ्ने भन्दै भेट समापन गरेका थिए। सांसदहरूले...

प्रहरीका एआईजी सुशील सिंह राठौरका छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको

Image
  काठमाडौँ — नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरका छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टर पदमा सफल भएकी छिन्। हाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राठौरकै छोरीले प्रतिस्पर्धात्मक परीक्षामा नाम निकाल्दै आवश्यक तालिमसमेत पूरा गरेर दिक्षित भएकी हुन्। इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्नपछि आयोजित समारोहमा एआईजी राठौर स्वयं उपस्थित थिए। छोरीको सफलताप्रति खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। “तिम्रो कडा मेहनतले हामीलाई गर्व गर्न लायक बनाएको छ,” भन्दै उनले आगामी यात्रामा इमान्दारी र निष्ठाका साथ राष्ट्रसेवामा लाग्न सुझाव दिएका छन्। उनले छोरीको भविष्य साहस, सम्मान र खुसीले भरिपूर्ण होस् भन्ने कामना समेत गरेका छन्।

सिंहदरबारमा सांसदहरूको गुनासो सुने प्रधानमन्त्री, तर जवाफमा २

Image
सिं हदरबारमा सांसदहरूको गुनासो सुने प्रधानमन्त्री, तर जवाफमा २ मिनेट मात्रै, सांसदहरू भन्छन्– “सुने जस्तो मात्र भयो”  प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रत्यक्ष सांसदहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या र विकासका प्राथमिकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलका क्रममा सांसदहरूले पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनसँग सम्बन्धित विषयलाई प्राथमिकताका रूपमा उठाएका थिए। कतिपयले स्थानीय स्रोतको उपयोग र विकास योजनालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका थिए। सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले मेलम्ची क्षेत्रको पुनर्निर्माण, बाढी प्रभावितको व्यवस्थापन, सडक निर्माण र भुक्तानी सम्बन्धी समस्या जस्ता विषय राखेका थिए। तर छलफलपछि प्रधानमन्त्री शाहले छोटो प्रतिक्रिया दिँदै उठाइएका विषयलाई सचिवालयमार्फत पठाउन आग्रह गरेको सांसदहरूले बताएका छन्। उनले हुने काम अघि बढ्ने र नहुने काम अघि नबढ्ने भन्दै भेट समापन गरेका थिए। सांसदहरूले भ...

केपी ओली राजनीतिमा प्रवेश गर्दा र बालेन शाह..

Image
U nexpected 😯 केपी ओली राजनीतिमा प्रवेश गर्दा र बालेन शाह राजनीतिमा प्रवेश गर्दा आ'काश - ज'मिनको फरक छ। ओली अहिले करो'डौमा खेल्छन तर उनको स'म्पति वि'वरण हेर्न हो भने केही छैन, सबै अरुको हो भन्छन, आफूलाई ग'रिब देखाउँछन्.. किन ? किनकि उनीसँग राज'नीति बाहेक अरु वैक'ल्पिक श्रोत, के हो भन्ने आ'धार छैन। तर अहिलेको स'न्दर्भमा हेर्ने हो भने, बालेन शाह मेयर हुनु अघि पनि उनको जीवनशै'ली यही थियो। उनी राजनीतिमा हो'मिनु भन्दा अगाडिनै  "Structural Engineer , कलाकार , Judge  थिए उनको फे'सबुक, यु'ट्युवमा ला'खौं फलोवरस थियो, उनी पहिला देखिनै स'क्षम थिए, र जब उनले आफ्नो स'म्पति विवरण सा'र्वजनिक गरे, के लाग्छ उनले भ्र'ष्टचार गरेर कमाएको हो ?.. भ्र'ष्टाचार गरेको भए अरुको लु'टेको भए श्रोत खुलाउन नसक्ने भए, म सँग.  यति स'म्पति छ भनेर उल्लेख गर्ने थिए त ?..अहिले जतिपनि विद्यार्थी यु'नियन , माओवादी, एमाले, कांग्रेस जस्ता साना दलले वि'रोध गरिरहेका छन्, उनीहरूलाई बस्, सरकार विरु'द्ध बोल्नलाई कारण चा'ह...

नयाँ सरकार गठन भएको १७ दिनमै प्रधानमन्त्री बालेन शाह ..

Image
नयाँ सरकार गठन भएको १७ दिनमै प्रधानमन्त्री बालेन शाह र उनको मन्त्रिमण्डलका सदस्यहरूले आफ्नो स*म्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री बालेन शाहको नाममा प्रत्यक्ष रूपमा सुन नदेखिए पनि उनकी पत्नी सबिना काफ्लेको नाममा १९० तोला सुन (सुन, चाँदी र हीराका गहनासहित) रहेको उल्लेख छ। ​प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त सुन दाइजो र पैतृ!क सम्पत्तिको रूपमा प्राप्त भएको हो। यद्यपि, सुशासन र पार!दर्शिताको नारा दिएर सत्तामा आएको सरकारको प्रमुखकै परिवारमा यति ठूलो परिमाणमा सुन देखिनुले सामाजिक सञ्जाल र रा*जनी*तिक वृ"त्तमा बहस छेडिएको छ। ​ ​यसैबीच, पूर्व शिक्षामन्त्री तथा पूर्व रास्वपा ने"त्री सुमना श्रेष्ठले यति ठूलो परिमाणमा सुन होल्ड गरेर राख्नु र त्यसलाई स्वाभाविक मान्नु गलत रहेको संकेत गरेकी छिन्। उनले भनिन्: ​"हामीले प्रणाली परिवर्तनको कुरा गर्दा ने*ताहरूको वि!लासिता र सम्पत्ति सञ्चयको प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ। १९० तोला सुन एउटा सामान्य परिवारको लागि मात्र होइन, पारदर्शी रा!जनी"ति गर्ने दा:बी गर्नेहरूका लागि पनि प्रश्नको विषय हो। अन्...

यो फूल हेर्न सर्वसाधारणको भीड लाग्यो, जब विहान भयो अनि गायब.

Image

नक्सालस्थित प्रहरी प्रमुखको सरकारी निवास पुगेका छन्।

Image
काठमाडौँ— गृहमन्त्री Sudhan Gurung र कानूनमन्त्री Sobita Gautam नक्सालस्थित प्रहरी प्रमुखको सरकारी निवास पुगेका छन्। प्रहरी प्रमुख Dan Bahadur Karki को निवासमा पूर्वजानकारी बिना पुगेपछि त्यहाँ अन्यत्र रहेका प्रहरी अधिकारीहरू पनि तत्काल उपस्थित भएका थिए। स्रोतका अनुसार केही व्यक्तिको पक्राउलाई कानुनी रूपमा अघि बढाउने विषयमा छलफल भइरहेको बताइएको छ। प्रहरी प्रमुखलाई भेट्नुअघि गृहमन्त्री गुरुङले अख्तियार प्रमुख Prem Rai सँग पनि भेट गरेका थिए। निवासमा पुगेपछि गृहमन्त्री गुरुङले प्रहरी प्रमुखसँग एक्लै छलफल गरेका थिए भने कानूनमन्त्री गौतम केही समय बाहिर नै बसेर फर्किएको जानकारी प्राप्त भएको छ। यस घटनालाई सुरक्षा निकाय र सरकारबीच समन्वयको सन्दर्भमा चासोपूर्वक हेरिएको छ।

भृर्कुटीमण्डपको कार्यालयमा ताला लगाइयो

Image
एमालेको विद्यार्थीले कब्जा गरेको भृर्कुटीमण्डपको कार्यालयमा ताला लगाइयो। २०७७ सालदेखि राजनीति छत्रछायाँमा नेकपा एमाले निकट विद्यार्थी संगठनले कब्जा गरेको भिर्कुटी मण्डपको एउटा कोठा समाजकल्याण परिषद्ले ताला लगाइदिएको छ। राजनीतिक दलको छत्रछायामा हुर्किएर आफूलाई कानुनभन्दा माथि ठान्ने विद्यार्थी संगठनको दादागिरी विरुद्ध समाजकल्याण परिषद्ले गरेको यस कार्यको सर्वत्र प्रशंसा गरिएको छ।

चप्पल पड्काउँदै सिंहदरबार छिरेका अहिलेका सांसदहरू होइनन्

Image
 चप्पल पड्काउँदै सिंहदरबार छिरेका अहिलेका सांसदहरू होइनन् , राजनीतिमा आउनु अघि उहाँहरू सबैजना आफ्नो आफ्नो पेशामा हुनुहुन्थ्यो, र राजनीति मा एकदिन उहाँहरू जान्छु भन्ने लगभग कसैलाई पनि थाहा थिएन, पुरानाले काम नगरेका भएर उहाँहरू राजनीतिकमा आउनुपरेको! अहिलेका सबैजना सांसदहरू आत्मनिर्भर हुनुहुन्छ

"पढेकाहरू झोले बनेपछि, देश त पक्कै पनि खाडी नै बन्छ!"

Image
आफ्ना सहपाठी मर्दा वा विद्यार्थीको हक-हितमा बज्रपात पर्दा कानमा तेल हालेर बस्ने विद्यार्थी संगठनहरू फेरि एकपटक पार्टीको 'रिमोट कन्ट्रोल' मा सडकमा उत्रिएका छन्। हालै माइतीघरमा अखिल क्रान्तिकारीले प्रधानमन्त्री र गृहमन्त्रीको सम्पत्तिलाई लिएर गरेको प्रदर्शन विद्यार्थीको मुद्दामा नभई विशुद्ध राजनीतिक स्वार्थमा प्रेरित देखिएको छ। आफ्नै सहपाठी भोकै म'र्दा नदेख्ने, शैक्षिक मा'फियाले विद्यार्थी लु'ट्दा नबोल्ने, र गुणस्तरीय शिक्षाका लागि कहिल्यै आवाज नउठाउनेहरू आज सडकमा 'सुनखानी र शेरखानी' भन्दै चिच्याइरहेका छन्। कस्तो विडम्बना! आफ्ना पार्टीका नेताले अर्बौंको भ्रष्टाचार गर्दा मुखमा दही जमाएर बस्ने, तर विपक्षीको विरुद्धमा चाहिँ 'क्रान्तिकारी' बन्ने? यो कस्तो नैतिकता हो?  हजारौँ विद्यार्थी डिग्रीको प्रमाणपत्र बाकसमा थन्क्याएर खाडी पलायन भइरहँदा यी संगठनका नेताहरूलाई कुनै दुख लाग्दैन। किनकि उनीहरूलाई जागिर होइन, नेताको 'आशिर्वाद' र 'चन्दाको भाग' चाहिएको छ। पढेर विद्वान बन्नुपर्ने उमेरमा पार्टीका शीर्ष नेताको सम्पत्तिको रक्षा गर्न र उनीहरूको स्वा...

काठमाडौंमा नेपाल चिकित्सक संघले सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदाको व्यवस्

Image
काठमाडौंमा नेपाल चिकित्सक संघले सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदाको व्यवस्था स्वास्थ्य क्षेत्रमा पनि लागू गर्न माग गरेको छ। सरकारी कार्यालयमा लागू गरिएको यो व्यवस्था अस्पतालमा नलाग्दा चिकित्सकहरू असन्तुष्ट बनेका हुन्। राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता अर्थोपेडिक सर्जन डा. बद्री रिजालले चिकित्सकहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर परेको बताएका छन्। उनका अनुसार चिकित्सकहरू हप्तामा ८० घण्टाभन्दा बढी काम गर्न बाध्य छन्, जसले ‘बर्नआउट’को समस्या बढाएको छ। उनले सबै सरकारी कर्मचारीका लागि समान नियम लागू हुनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएकोप्रति चिकित्सकहरूले असन्तुष्टि जनाएका छन्। अस्पतालअनुसार फरक-फरक नियम हुँदा अन्योल बढेको भन्दै सरोकारवालासँग तत्काल वार्ता गर्न माग गरिएको छ। माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै चिकित्सकहरूले यसले स्वास्थ्य सेवा र जनशक्तिमा समेत गम्भीर असर पार्ने बताएका छन्।

सरकारको नयाँ निर्णयपछि विद्यालय वर्षमा ८६ दिन मात्रै खुल्ने

Image
सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेसँगै २०८३ सालमा विद्यालयहरू वर्षभरि जम्मा ८६ दिन मात्र खुल्ने भएका छन्। यस निर्णयपछि विद्यालयमा पठनपाठन हुने दिन उल्लेखनीय रूपमा घट्ने देखिएको छ। विद्यालयहरू १०४ दिन शनिबार र आइतबारका कारण बन्द रहनेछन्। त्यसैगरी बर्से बिदा ४५ दिन, सार्वजनिक बिदा ४२ दिन, परीक्षा बिदा २१ दिन, दसैँ बिदा ८ दिन, प्रदेशस्तरीय सार्वजनिक बिदा ६ दिन, स्थानीय बिदा ५ दिन, परीक्षा तयारी बिदा ३ दिन, भर्ना अभियान १५ दिन, नतिजा तयारी बिदा १५ दिन, सरस्वती पूजाको ३ दिन तथा शिक्षकको क्याबी र पर्व बिदा १२ दिन रहनेछ। यी सबै बिदा समेट्दा विद्यालयहरू वर्षमा केवल ८६ दिन मात्र सञ्चालन हुने देखिएको छ ।

Popular posts from this blog

काठमाडौंमा नेपाल चिकित्सक संघले सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदाको व्यवस्

सरकारको नयाँ निर्णयपछि विद्यालय वर्षमा ८६ दिन मात्रै खुल्ने

काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न...