नारी शक्ति वन्दन अधिनियम.....

Image
नारी शक्ति वन्दन अधिनियमः अधिकारहरूको अधिकार कुनै पनि राष्ट्रको जीवनमा यस्ता दिनहरू आउँछन्, जसले केवल क्यालेन्डरको  पाना मात्र पल्टाउँछन् तर केही दिन यस्ता पनि हुन्छन् जसले इतिहासकै दिशा बदलिदिन्छन्। आजदेखि "नारी शक्ति वन्दन अधिनियम" औपचारिक रूपमा लागू भएको छ। यसलाई म एउटा कानुनी उपलब्धि मात्र होइन हाम्रो सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ आयाम मान्दछु। यो क्षणको महत्त्वलाई अझ गहिराइमा बुझ्न, हामीले आधुनिक लोकतन्त्रको सुरुवाती समयलाई फर्केर हेर्नुपर्छ।  विश्वका कतिपय अति विकसित देशहरूमा समेत महिलाहरूले मतदानको अधिकार पाउन मात्रै दशकौँसम्म कठोर सङ्घर्ष गर्नु परेको थियो। तर हाम्रो देशको कथा भने आधारभूत रूपमा फरक छ। नारीलाई देवीको रूपमा पुज्ने हाम्रो अटुट संस्कार छ। यही  संस्कारका कारण हाम्रो गणतन्त्रले सुरुदेखि नै महिलामाथि पूर्ण विश्वास गर्दै पहिलो निर्वाचनदेखि नै समान मताधिकार सुनिश्चित गर्‍यो। यद्यपि, हाम्रो देशमा एउटा विडम्बना भने कायम नै रह्यो। भारतीय महिलाहरूसँग मतदानको अधिकार त थियो तर निर्णय लिने स्थानहरूमा भने उनीहरूको उपस्थिति अत्यन्त न्यून थियो। महिला आरक्षण...

प्रहरीका एआईजी सुशील सिंह राठौरका छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको

 

काठमाडौँ— नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरका छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टर पदमा सफल भएकी छिन्।

हाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राठौरकै छोरीले प्रतिस्पर्धात्मक परीक्षामा नाम निकाल्दै आवश्यक तालिमसमेत पूरा गरेर दिक्षित भएकी हुन्।

इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्नपछि आयोजित समारोहमा एआईजी राठौर स्वयं उपस्थित थिए।

छोरीको सफलताप्रति खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

“तिम्रो कडा मेहनतले हामीलाई गर्व गर्न लायक बनाएको छ,” भन्दै उनले आगामी यात्रामा इमान्दारी र निष्ठाका साथ राष्ट्रसेवामा लाग्न सुझाव दिएका छन्।

उनले छोरीको भविष्य साहस, सम्मान र खुसीले भरिपूर्ण होस् भन्ने कामना समेत गरेका छन्।

Comments

Popular posts from this blog

काठमाडौंमा नेपाल चिकित्सक संघले सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदाको व्यवस्

सरकारको नयाँ निर्णयपछि विद्यालय वर्षमा ८६ दिन मात्रै खुल्ने

काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न...