नारी शक्ति वन्दन अधिनियम.....

Image
नारी शक्ति वन्दन अधिनियमः अधिकारहरूको अधिकार कुनै पनि राष्ट्रको जीवनमा यस्ता दिनहरू आउँछन्, जसले केवल क्यालेन्डरको  पाना मात्र पल्टाउँछन् तर केही दिन यस्ता पनि हुन्छन् जसले इतिहासकै दिशा बदलिदिन्छन्। आजदेखि "नारी शक्ति वन्दन अधिनियम" औपचारिक रूपमा लागू भएको छ। यसलाई म एउटा कानुनी उपलब्धि मात्र होइन हाम्रो सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ आयाम मान्दछु। यो क्षणको महत्त्वलाई अझ गहिराइमा बुझ्न, हामीले आधुनिक लोकतन्त्रको सुरुवाती समयलाई फर्केर हेर्नुपर्छ।  विश्वका कतिपय अति विकसित देशहरूमा समेत महिलाहरूले मतदानको अधिकार पाउन मात्रै दशकौँसम्म कठोर सङ्घर्ष गर्नु परेको थियो। तर हाम्रो देशको कथा भने आधारभूत रूपमा फरक छ। नारीलाई देवीको रूपमा पुज्ने हाम्रो अटुट संस्कार छ। यही  संस्कारका कारण हाम्रो गणतन्त्रले सुरुदेखि नै महिलामाथि पूर्ण विश्वास गर्दै पहिलो निर्वाचनदेखि नै समान मताधिकार सुनिश्चित गर्‍यो। यद्यपि, हाम्रो देशमा एउटा विडम्बना भने कायम नै रह्यो। भारतीय महिलाहरूसँग मतदानको अधिकार त थियो तर निर्णय लिने स्थानहरूमा भने उनीहरूको उपस्थिति अत्यन्त न्यून थियो। महिला आरक्षण...

"पढेकाहरू झोले बनेपछि, देश त पक्कै पनि खाडी नै बन्छ!"

आफ्ना सहपाठी मर्दा वा विद्यार्थीको हक-हितमा बज्रपात पर्दा कानमा तेल हालेर बस्ने विद्यार्थी संगठनहरू फेरि एकपटक पार्टीको 'रिमोट कन्ट्रोल' मा सडकमा उत्रिएका छन्। हालै माइतीघरमा अखिल क्रान्तिकारीले प्रधानमन्त्री र गृहमन्त्रीको सम्पत्तिलाई लिएर गरेको प्रदर्शन विद्यार्थीको मुद्दामा नभई विशुद्ध राजनीतिक स्वार्थमा प्रेरित देखिएको छ।

आफ्नै सहपाठी भोकै म'र्दा नदेख्ने, शैक्षिक मा'फियाले विद्यार्थी लु'ट्दा नबोल्ने, र गुणस्तरीय शिक्षाका लागि कहिल्यै आवाज नउठाउनेहरू आज सडकमा 'सुनखानी र शेरखानी' भन्दै चिच्याइरहेका छन्। कस्तो विडम्बना!

आफ्ना पार्टीका नेताले अर्बौंको भ्रष्टाचार गर्दा मुखमा दही जमाएर बस्ने, तर विपक्षीको विरुद्धमा चाहिँ 'क्रान्तिकारी' बन्ने? यो कस्तो नैतिकता हो? 


हजारौँ विद्यार्थी डिग्रीको प्रमाणपत्र बाकसमा थन्क्याएर खाडी पलायन भइरहँदा यी संगठनका नेताहरूलाई कुनै दुख लाग्दैन। किनकि उनीहरूलाई जागिर होइन, नेताको 'आशिर्वाद' र 'चन्दाको भाग' चाहिएको छ। पढेर विद्वान बन्नुपर्ने उमेरमा पार्टीका शीर्ष नेताको सम्पत्तिको रक्षा गर्न र उनीहरूको स्वार्थका लागि ढुंगा हा'न्न सडकमा उत्रिनु नै आजको विद्यार्थी राजनीतिको उपलब्धि बनेको छ।


के यी संगठनहरू साँच्चै विद्यार्थीको हक-हितका लागि हुन् कि नेताका घरमा पालिएका कार्यकर्ता उत्पादन गर्ने कारखाना?

जबसम्म विद्यार्थी संगठनहरू पार्टीको 'रिमोट कन्ट्रोल' बाट चल्छन् र साझा शैक्षिक मुद्दामा मौन रहन्छन्, तबसम्म यस्ता प्रदर्शन केवल सस्तो नौटंकी र कुण्ठा बाहेक केही हुने छैनन्।

"पढेकाहरू झोले बनेपछि, देश त पक्कै पनि खाडी नै बन्छ!"

Comments

Popular posts from this blog

काठमाडौंमा नेपाल चिकित्सक संघले सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदाको व्यवस्

सरकारको नयाँ निर्णयपछि विद्यालय वर्षमा ८६ दिन मात्रै खुल्ने

काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न...