Posts

नारी शक्ति वन्दन अधिनियम.....

Image
नारी शक्ति वन्दन अधिनियमः अधिकारहरूको अधिकार कुनै पनि राष्ट्रको जीवनमा यस्ता दिनहरू आउँछन्, जसले केवल क्यालेन्डरको  पाना मात्र पल्टाउँछन् तर केही दिन यस्ता पनि हुन्छन् जसले इतिहासकै दिशा बदलिदिन्छन्। आजदेखि "नारी शक्ति वन्दन अधिनियम" औपचारिक रूपमा लागू भएको छ। यसलाई म एउटा कानुनी उपलब्धि मात्र होइन हाम्रो सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ आयाम मान्दछु। यो क्षणको महत्त्वलाई अझ गहिराइमा बुझ्न, हामीले आधुनिक लोकतन्त्रको सुरुवाती समयलाई फर्केर हेर्नुपर्छ।  विश्वका कतिपय अति विकसित देशहरूमा समेत महिलाहरूले मतदानको अधिकार पाउन मात्रै दशकौँसम्म कठोर सङ्घर्ष गर्नु परेको थियो। तर हाम्रो देशको कथा भने आधारभूत रूपमा फरक छ। नारीलाई देवीको रूपमा पुज्ने हाम्रो अटुट संस्कार छ। यही  संस्कारका कारण हाम्रो गणतन्त्रले सुरुदेखि नै महिलामाथि पूर्ण विश्वास गर्दै पहिलो निर्वाचनदेखि नै समान मताधिकार सुनिश्चित गर्‍यो। यद्यपि, हाम्रो देशमा एउटा विडम्बना भने कायम नै रह्यो। भारतीय महिलाहरूसँग मतदानको अधिकार त थियो तर निर्णय लिने स्थानहरूमा भने उनीहरूको उपस्थिति अत्यन्त न्यून थियो। महिला आरक्षण...

काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न...

Image
काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न आपराधिक पृष्ठभूमिमा संलग्न १ हजार ९७ जनाको विस्तृत प्रोफाइल तयार पारेको छ। प्रहरीका अनुसार यस अभियानमार्फत शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूको पहिचान, निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको हो। तयार गरिएको प्रोफाइलमा सम्बन्धित व्यक्तिहरूको फोटो, नाम, ठेगाना, पेसा, क्रिमिनल रेकर्ड सिस्टम, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री तथा आपराधिक सम्बन्ध र नेटवर्कसम्बन्धी विवरण समावेश गरिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत समूह विस्तार र आपराधिक गतिविधि सञ्चालन गर्नेहरूसमेत निगरानीमा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सेफ्टी काठमाडौं अभियानअन्तर्गत हालसम्म १९५ जनालाई पक्राउ गरिएको छ, जसमा २४ जना गुण्डागर्दी पृष्ठभूमिका रहेका छन्। उनीहरूमाथि गुण्डागर्दीसम्बन्धी मुद्दा दायर गरिएको छ भने केही धरौटीमा रिहा भएका छन् र केही हिरासतमा रहेका छन्। प्रहरीले गुण्डागर्दी मात्र नभई लागूऔषध, चोरी तथा अन्य आपराधिक घटनामा संलग्न व्यक्तिहरूको समेत प्रोफाइल तयार पारिरहेको जनाएको छ। यसले भविष्यमा हुने आपराधिक घटनाको रोकथाम तथा तत्क...

पूर्व-पश्चिम राजमार्ग बनाउने राजा महेन्द्रको महत्त्वाकांक्षी योजना..

Image
  पूर्व-पश्चिम राजमार्ग बनाउने राजा महेन्द्रको महत्त्वाकांक्षी योजना: कान्छी रानीद्वारा आफ्ना हातका चुरा तथा व्यक्तिगत गरगहना फुकालेर चन्दा दान वि.सं. २०१८ साल मंसिर ३ गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने ऐतिहासिक घोषणा गर्नुभएको थियो । तर त्यस्तो विशाल योजनालाई सम्पन्न गर्न पर्याप्त आन्तरिक स्रोत थिएन । त्यतिबेला नेपालको कूल वार्षिक बजेट करिब २५ करोड रुपैयाँ मात्र थियो, जबकि पूर्व–पश्चिम राजमार्ग निर्माणका लागि झण्डै एक अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो। आश्चर्यको कुरा के थियो भने देशको कूल बजेटभन्दा करिब चार गुणा ठूलो परियोजना आँटनु आफैँमा असाधारण साहस र दूरदृष्टिको उदाहरण थियो। आजको सन्दर्भमा सोच्दा त्यसबेला २५ करोडको बजेटको अनुपातमा गरिएको त्यो प्रयास अहिले करिब १९ खर्बको बजेट भएको अवस्थामा झण्डै ७६ खर्ब रुपैयाँ बराबरको परियोजना आँट्नु जस्तै हुन्छ । राजा महेन्द्रको यो महत्त्वाकांक्षी योजना केवल विकास निर्माणको विषय मात्र नभई राष्ट्रको प्रतिष्ठा र आत्मगौरवसँग जोडिएको थियो । आवश्यक स्रोत जुटाउन वैदेशिक सहयो...

सम्माननीय प्रधानमन्त्रीज्यूसँगको...

Image
स सम्माननीय प्रधानमन्त्रीज्यूसँगको छलफलमा मैले सगरमाथा क्षेत्रमा भइरहेको  ‘फेक उद्धार’ सम्बन्धी विषयमा जानकारी गराउँदै आगामी दिनहरूमा उद्धार  व्यवस्थापनलाई व्यवस्थित र नियमन गर्नुपर्ने आवश्यकता औंल्याएको छु। त्यसैगरी, खुम्बु क्षेत्रको गोरक्षेपमा नेपाल टेलिकम (NTC) र NCELL टावरहरू  भए तापनि विगत केही वर्षदेखि 4G सेवा सञ्चालनमा आउन नसकेको विषय उठाउँदै उक्त सेवा यथाशीघ्र सुचारु गर्न अनुरोध गरेको छु। साथै, ताप्लेजुङदेखि हुम्लासम्म फैलिएको ग्रेट हिमालयन ट्रेल (GHT) मा लगानी प्रवर्द्धनका लागि आवश्यक रहेको जानकारी गराएको छु।

सांसदहरूको गुनासो सुने प्रधानमन्त्री

Image
सिं हदरबारमा सांसदहरूको गुनासो सुने प्रधानमन्त्री, तर जवाफमा २ मिनेट मात्रै, सांसदहरू भन्छन्– “सुने जस्तो मात्र भयो” new. प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रत्यक्ष सांसदहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या र विकासका प्राथमिकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलका क्रममा सांसदहरूले पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनसँग सम्बन्धित विषयलाई प्राथमिकताका रूपमा उठाएका थिए। कतिपयले स्थानीय स्रोतको उपयोग र विकास योजनालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका थिए। सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले मेलम्ची क्षेत्रको पुनर्निर्माण, बाढी प्रभावितको व्यवस्थापन, सडक निर्माण र भुक्तानी सम्बन्धी समस्या जस्ता विषय राखेका थिए। तर छलफलपछि प्रधानमन्त्री शाहले छोटो प्रतिक्रिया दिँदै उठाइएका विषयलाई सचिवालयमार्फत पठाउन आग्रह गरेको सांसदहरूले बताएका छन्। उनले हुने काम अघि बढ्ने र नहुने काम अघि नबढ्ने भन्दै भेट समापन गरेका थिए। सांसदहरूले...

प्रहरीका एआईजी सुशील सिंह राठौरका छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको

Image
  काठमाडौँ — नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरका छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टर पदमा सफल भएकी छिन्। हाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राठौरकै छोरीले प्रतिस्पर्धात्मक परीक्षामा नाम निकाल्दै आवश्यक तालिमसमेत पूरा गरेर दिक्षित भएकी हुन्। इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्नपछि आयोजित समारोहमा एआईजी राठौर स्वयं उपस्थित थिए। छोरीको सफलताप्रति खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। “तिम्रो कडा मेहनतले हामीलाई गर्व गर्न लायक बनाएको छ,” भन्दै उनले आगामी यात्रामा इमान्दारी र निष्ठाका साथ राष्ट्रसेवामा लाग्न सुझाव दिएका छन्। उनले छोरीको भविष्य साहस, सम्मान र खुसीले भरिपूर्ण होस् भन्ने कामना समेत गरेका छन्।

सिंहदरबारमा सांसदहरूको गुनासो सुने प्रधानमन्त्री, तर जवाफमा २

Image
सिं हदरबारमा सांसदहरूको गुनासो सुने प्रधानमन्त्री, तर जवाफमा २ मिनेट मात्रै, सांसदहरू भन्छन्– “सुने जस्तो मात्र भयो”  प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रत्यक्ष सांसदहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या र विकासका प्राथमिकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलका क्रममा सांसदहरूले पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनसँग सम्बन्धित विषयलाई प्राथमिकताका रूपमा उठाएका थिए। कतिपयले स्थानीय स्रोतको उपयोग र विकास योजनालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका थिए। सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले मेलम्ची क्षेत्रको पुनर्निर्माण, बाढी प्रभावितको व्यवस्थापन, सडक निर्माण र भुक्तानी सम्बन्धी समस्या जस्ता विषय राखेका थिए। तर छलफलपछि प्रधानमन्त्री शाहले छोटो प्रतिक्रिया दिँदै उठाइएका विषयलाई सचिवालयमार्फत पठाउन आग्रह गरेको सांसदहरूले बताएका छन्। उनले हुने काम अघि बढ्ने र नहुने काम अघि नबढ्ने भन्दै भेट समापन गरेका थिए। सांसदहरूले भ...

Popular posts from this blog

काठमाडौंमा नेपाल चिकित्सक संघले सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदाको व्यवस्

सरकारको नयाँ निर्णयपछि विद्यालय वर्षमा ८६ दिन मात्रै खुल्ने

काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न...